एसिया इकोनोमिक डायलगः जलविद्युत्, कृषि र पर्यटनमा सहकार्य बढाउन सचिव लम्सालको जोड

परराष्ट्रसचिव सेवा लम्साल समकक्षी भारतीय तथा बंगलादेशका विदेशसचिवसहित एसिया इकोनोमिक डायलग (एईडी) मा सहभागी भएकी छन् । उक्त सत्रमा भारतका विदेशसचिव विनयमोहन क्वात्रा र बंगलादेशका विदेशसचिव मसुद बिन मोमिन सहभागी भएका थिए । एसिया इकोनोमिक डायलगको आठौं संस्करणको यो कार्यक्रम पुनेमा आयोजना गरिएको छ ।

एईडीको यस वर्षको मूल विषयवस्तु भू–आर्थिक चुनौतीबारे छलफल भएको हो । फेब्रअरी २९ तारिखमा सुरु भएको यो डायलग मार्च २ सम्म चल्नेछ । उद्घाटन सत्र सबै प्रकारका कनेक्टिभिटी विस्तारसहित दक्षिण एसियामा आर्थिक एकीकरणलाई प्रवद्र्धन गर्ने विषयमा केन्द्रित थियो ।

परराष्ट्र सचिव लम्सालले यस क्षेत्रमा विशेषगरी जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा थप सहकार्य गर्न नीतिगत पहल गर्नुपर्नेमा जोड दिइन् । ‘जलविद्युत् उत्पादनमा नेपालसँग ठूलो सम्भावना छ । कृषि र पर्यटन क्षेत्र पनि कोभिड पूर्वको अवस्थामा आएका छन् । हामीसँग मुद्रास्फीति नियन्त्रण छ,’ उनले भनिन् ।

शुक्रबार परराष्ट्र सचिव लम्सालले सिम्बायोसिस इन्टरनेशनल युनिभर्सिटीको भ्रमण गर्नुका साथै विश्वविद्यालयका पदाधिकारीहरूसँग भेट र नेपाली विद्यार्थीहरूसँग अन्तत्र्रिmया गरेको पनि भारतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

यसअघि बुधबार परराष्ट्रसचिव लम्साल र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता भएको थियो । भेटवार्तामा भारत र नेपालबीचको बहुआयामिक सम्बन्ध र सहयोगबारे छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

सचिव लम्सालले मंगलबार भारतका विदेश मामिलामन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् । विदेश मामिला मन्त्री जयशंकरले मंगलबार सामाजिक सञ्जाल एक्समा परराष्ट्र सचिव लम्साललाई दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका थिए । उनले दुई देशबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा प्रगतिको बारेमा सुन्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् ।

एसिया इकोनोमिक डायलगमा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल मंगलबार भारत प्रस्थान गरेकी हुन् । सचिव लम्साल नेतृत्वको प्रतिनिधिमण्डल उक्त कार्यक्रममा सहभागीेछ । परराष्ट्र सचिव लम्सालले पदभार ग्रहण गरेपछि उनको यो पहिलो भारत भ्रमण हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *