काकडभिट्टामा सशस्त्र प्रहरीको खुकुरी प्रहारबाट ६ जना घाइते

सशस्त्र प्रहरीले काँकाडभिट्टामा स्थानीयलाई खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट  ६ जना स्थानीय घाइते भएका छन्। उनीहरू सख्त घाइते भएका हुन् । घटना काकडभिट्टास्थित नेपाल–भारत सीमाको स्तम्भ नम्बर ९०२ र ९०३ नजिक भएको हो ।

काकडभिट्टा गैरीगाउँमा तस्करी नियन्त्रणको लागि भनेर आएको प्रस्तावित सिमा सुरक्षा गुल्म, काँकडभित्तामा सशस्त्र प्रहरी र स्थानीयबीच भनाभन हुँदा सशस्त्र प्रहरीका कोट मास्टर र ड्राइभरले खुकुरी निकालेर हानेको स्थानीयले बताए । खुकुरी प्रहारबाट दीपा बातरको हातको औला काटिएको छ । हरि बातरको छातीमा गहिरो चोट लागेको छ ।

विशेष राजबंशीको हात काटिएको छ । स्थानीय मिलन चापागाईंको हात काटिएको बताइएको छ । दीपक बातर र आनह यादवलाई जीउमा चोट लागेको छ । घाइतेकाे बीएण्डीसी अस्पतालमा उपचार भइरहेकाे छ।

काकडभिट्टा क्षेत्रमा विगतदेखि नै सशस्त्र प्रहरी र स्थानियबीच झडप हुने गरेकाे छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले भने,’काकडभित्तामा घटना भएको हो । तर बाहिर भनिएजस्तोे होइन, बुझ्दैछु, बुझेर यथार्थ बताउनेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *