महिला फुटबल टोलीले विश्वकप खेल्छ, सरकारले कन्जुस्याँई नगरीकन पर्याप्त लगानी गरोस् : सांसद कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले नेपाली महिला फुटबल टोलीले विश्वकप खेल्ने विश्वास व्यक्त गरेकी छिन् । वाफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोली शुक्रवार राति स्वदेश फर्किएसँगै स्वागत गर्न विमानस्थल पुग्नुभएकी सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले वाफ च्याम्पियनसिपमा देखाएको प्रदर्शनले नेपाली महिला टोली विश्वकप खेल्न सक्षम रहेको प्रमाणित भएको बताइन् । उनले खेलले सारा नेपालीको छाती गर्वले फुलेको बताइन । उनले सरकारले कन्जुस्याँई नगरीकन र धेरै नसोचिकन नेपाली महिला फुटबल टिममाथि पर्याप्त लगानी गर्नुपर्ने बताइन । उनले महिला फुटबल टिमको तयारीका लागि कुनै कमजोरी नगरिदिन सरकारलाई आग्रह गरिन । उनले क्लोज गेमको अवधारणा ल्याएर महिला टिमलाई अझै सशक्त बनाउनुपर्ने बताइन । उनले खेलाडीहरुको परिवारमा खान र बस्नको अभाव र चिन्ता नहुनेगरी सरकारले व्यवस्था गर्नुपर्ने बताइन ।

उनले भनिन्, ‘सारा नेपालीको छाती गर्वले फुलेको छ । हामीलाई गर्व महशुस भएको छ । हामीलाई विश्वास ढुक्क भएको छ की नेपाली महिला फुटबल टिमले विश्वकप खेल्छ । यसले हामीलाई अझै सरकारले कुनैपनि कन्जुस्याँई नगरीकन, धेरै नसोचीकन नेपाली महिला फुटबल टिममाथि पर्याप्त लगानी गर्नुपर्छ । रास्वपाको युवा तथा खेलकुद विभाग हामी यहाँ छौँ । तयारीमा कुनै कमी हुन नदिनु होला । क्लोज गेमको अवधारणा ल्याउनुपर्छ । खेल्नका लागि ठाउँ र समय छुट्याउनुपर्ने हुन्छ । उहाँहरुको घरको खान र बस्नका लागि चिन्ता नै नगरोस् । खेलका क्षेत्रमा हामी सक्षम भइसकेका रहेछाँै ।’

उनले खेलका क्षेत्रमा नेपाल धेरै सक्षम भइसकेको बताइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर