अनिश र सन्तोषीले जिते प्रधानसेनापति खुला म्याराथन

पर्वतका अनिशले थापा मगरले प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् । महाशिवरात्री तथा नेपाली सेनाको २६१औं स्थापना दिवसको अवसरमा आज आयोजित खुला म्याराथन प्रतियोगितामा उनी पहिलो भएका हुन् ।

सशस्त्र प्रहरी बलका सहायक प्रहरी हवल्दार किरणसिंह बोगटी दोस्रो र नेपाली सेनाका प्युठ राजन रोकाया तेस्रो भए । मगरले तीन लाख रुपैयाँ नगद र यामाको मोटरसाइकल पुरस्कार पाए । बोगटीले दुई लाख नगद पुरस्कार र रोकायाले एक लाख नगद पुरस्कार पाएका छन् ।

यस्तै, २१ किलोमिटरको महिलातर्फ हाफ म्याराथन धादिङकी सन्तोषी श्रेष्ठले जितिन् । नेपाल प्रहरी क्लबकी राममाया बुढा दोस्रो र नेपाल प्रहरी क्लबकै राजपुरा पछाई तेस्रो भए । श्रेष्ठले २५ हजार रुपैयाँ र स्कूटर, बुढाले ६० हजार रुपैयाँ र पछाईले ३५ हजार रुपैयाँ पुरस्कार पाए ।

वार्षिकोत्सवको अवसरमा शनिबार नेपाली सेनाले विभिन्न प्रतियोगिता गरेको थियो। त्यसमा विजयी खेलाडीलाई प्रधानसेनापति प्रभुराम शर्मा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ट, रक्षा सचिव किरणराज शर्मा, नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाह, महारथी राजेन्द्र क्षेत्री, बलाधिकृत रथी अशोकराज सिग्देल, काठमाडौं महानगरका सहायक निर्देशक अनिता श्रेष्ठ र एमएडब्लू राइडस् प्रालिका महाप्रबन्धक दिपक रौनियारले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर