आर्मी चिफ कन्क्लेभमा नेपालबाट तीन पूर्वप्रधानसेनापति सहभागी हुँदै

भारतको नयाँदिल्लीमा सुरु भएको सेना प्रमुखको सम्मेलनमा नेपालबाट तीन अवकाशप्राप्त प्रधानसेनापति सहभागी हुने भएका छन् ।

नेपालबाट अवकाशप्राप्त प्रधानसेनापति प्यारजंग थापा र गौरव शम्शेर जबरा शनिबार नयाँदिल्ली प्रस्थान गरेका छन् भने अर्का अवकाशप्राप्त प्रधानसेनापति राजेन्द्र क्षत्री आइतबार जाने कार्यक्रम छ ।

भारतीय पूर्व सेनाप्रमुखहरुले राष्ट्रिय युद्ध स्मारकमा शुक्रबार सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्मेलन सुरु गरिएको थियो । छलफलको क्रममा भारतीय सेनालाई प्रविधिमा निपूण, आधुनिक र भविष्यका लागि तयारी राख्ने दिशामा भइरहेका पहलका साथै समसायमिक सन्दर्भमा चर्चा गरिएको थियो ।

भारतीय सेनाले पनि नेपालबाट अवकाशप्राप्त प्रधानसेनापतिहरु सम्मेलनमा सहभागी हुने आफ्नो एक्स ह्यान्डलबाट जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर