लागुऔषध मुद्दामा फरार हरिजन पक्राउ

तनहुँ प्रहरीले लागुऔषध मुद्दामा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको रोहिणी–३ घर भएका १९ वर्षका मन्देश हरिजन छन् ।

प्रहरीले २०७६ साउन २९ मा शुक्लागण्डकी–६ खैरेनीटार बस्ने ३७ वर्षका राजेन्द्र गुरुङलाई पक्राउ गरेको थियो । उनको साथबाट लागुऔषध डाईजेपाम २१ एम्पुल, फेनरागन २१ एम्पुल र नुफिन २१ एम्पुल गरी जम्मा ६३ एम्पुल बरामद भएको थियो ।

उनले लागुऔषध खरिद बिक्रीको लागि हरिजनलाई ११ हजार २ सय रुपैयाँमा मगाएको प्रहरीसमक्ष बयान दिएका थिए ।

जिल्ला अदालत तनहुुँले २०७९ पुस ३ मा मन्देशलाई २ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । तर, तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी हालसम्म फरार रहेका मन्देशलाई यही फागुन १६ मा प्रहरीले पक्राउ गरेको हो । उनलाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *