काेटेश्वर चाेकमा डिउटीमा खटिएका सईलाई बसले ठक्कर दियाे, अवस्था गम्भीर

जुनेली यातायातको बसले ठक्कर दिँदा कोटेश्वर चाेकमा डिउटीमा खटिएका उपत्यका ट्राफिक प्रहरीका नायब निरीक्षक(सई) टोपबहादुर खत्री गम्भीर घाइते भएका छन् ।

उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । गौशालाबाट बालकुमारीतर्फ जानेक्रममा सडकमा रहेका सई खत्रीलाई बसले ठक्कर दिएको हो ।

उपचाररत सइ खत्रीकाे अवस्था बुझ्न उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापा अस्पताल पुगेका छन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जिवनकुमार श्रेष्ठले घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिएर कारबाही भइरहेकाे  पर्दाफासलाई बताए । उनका अनुसार चक्रपथमा चल्ने जुनेली यातायातकाे  प्रदेश ३ ०१- ००५ ख ९७५५ नम्बरकाे गाडीले ठक्कर दिएकाे हाे ।

‘टाउकाेमा चाेट लागेकाे अवस्था, गम्भीर छ,’ उनले भने  ‘छानबिन भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *