सीटीईभीटीका उपाध्यक्ष अधिकारीलाई कालोमोसो दल्न खोज्ने दुई पक्राउ

जिल्ला प्रहरी परिसर भक्तपुरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् केन्द्रीय कार्यालय सानोठिमी, भक्तपुरका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई अभद्र व्यवहार गरेको र कालोमोसो दल्ने प्रयास गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

आफूलाई अखिल क्रान्तिकारी (वैद्य समूह) बताउने विद्यार्थीहरुको समूहले भेटघाट गर्ने भनेर यही फागुन ६ मा अधिकारीको कार्यकक्षमा पसेर अभद्र व्यवहार गर्नुका साथै कालोमोसो दल्ने प्रयास गरेको थियो ।

पक्राउ पर्नेमा अछाम कमलबजार–६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३० वर्षीय डम्बरबहादुर शाही भन्ने डीबी शाही र दार्चुला मार्मा–२ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३० वर्षका नवराज भट्ट छन् ।

उनीहरुलाई प्रहरीले आज आइतबार भक्तपुरको मध्यपुर ठिमीस्थित गठ्ठाघरबाट नियन्त्रणमा लिएको परिसरका प्रवक्ता डीएसपी बसन्त पाठकले बताए । उनीहरुविरुद्ध प्रहरी वृत्त ठिमी भक्तपुरबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *