भक्तपुरमा १० दिनअघि व्यक्ति हत्याको घटनामा एक पक्राउ

भक्तपुरमा यही फागुन ११ मा मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्नताको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

फागुन १० मा तेह्रथुमको छथर गाउँपालिका–२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–८ बस्ने वर्ष ३३ का गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिई आउनु भनी आफूलाई फोन आएको उल्लेख गर्दै प्रहरी वृत्त जगातीमा सूचना दिएकी थिइन् ।

सोही सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा भोलिपल्ट भक्तपुर सूर्यविनायक–८ स्थित रोदन बस्नेतको गोठमा ढकाल मृत अवस्थामा फेला परेका थिए । परिसरका प्रहरी निरीक्षक निर्मल थापाले घटनामा संलग्न भक्तपुर चाँगुनारायण–६ का वर्ष २९ कोसुवाल रहेको बताए ।

खोजतलासका क्रममा शनिबार सुवाललाई काभ्रपलाञ्चोक मण्डनदेउपुर–६ मा पक्राउ गरिएको उनले बताए । सुवालको साथबाट मृतकको मोबाइल र फोटोमा देखिएको ज्याकेट बरामद गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *