
टि–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने

त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने भएका छन् । नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल आज वर्षाका कारण रद्द भएपछि फाइनलमा नेदरल्यान्ड्स र नेपाल भिड्ने भएका हुन् ।
अंकतालिका अनुसार नेदरल्यान्ड्स ५ अंकसहित पहिलो, नेपाल ४ अंकसहित दोस्रो र नामिबिया ३ अंकसहित तेस्रो भएका छन् । नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुनेछ ।
नामिबियाले लिग चरणको खेलमा नेपाल र नामिबियालाई हराएको थियो । यस्तै, नेपाले पनि नेदरल्यान्ड्स र नामिबियालाई पराजित गरेको थियो । नामिबियाले भने नेपाललाई मात्र पराजित गरेको हो ।
प्रतिक्रिया