जमजम इलेक्ट्रोनिक्स र सामाजिक सञ्जालबाट ठगी गर्ने ४ पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सामाजिक सञ्जालहरु फेसबुक, ह्वाट्सएप, भाइबर, इमोलगायत प्रयोग गरी ठगीमा संलग्न ४ जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीका २१ वर्षका आदित्य कुमार सिंह, २० वर्षका सिद्धार्थ कुमार सिंह, बाराका २२ वर्षीय रामसेवक राम र पर्साका २४ वर्षीय आकाश साह सोनार छन् ।

उनीहरुले पहिला सामाजिक सञ्जालमार्फत नक्कली खाता बनाएर साथी बनाउने, फलो गर्ने रकम माग गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

यस्तै, जमजम इलेक्ट्रोनिक्सलगायत फेसबुक पेजबाट महँगो ब्राण्डका मोबाइल तथा आइफोन सस्तोमा उपलब्ध गराइदिने प्रलोभनमा पारी ठगीकार्यमा पनि उनीहरु संलग्न रहेको प्रहरीले जनाएको छ । हालसम्म उनीहरुले ४९ लाख ५८ हजार रुपैयाँ ठगी गरेको पाइएको पनि प्रहरीले उल्लेख गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले विभिन्न ब्राण्डका ७ वटा मोबाइल, १६ वटा समि कार्ड, २९ वटा एटीएम कार्ड, विभिन्न बैंकको खातामा डिपोजिट गरेको १६ वटा रसिद लगायत बरामद गरेको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

One thought on “जमजम इलेक्ट्रोनिक्स र सामाजिक सञ्जालबाट ठगी गर्ने ४ पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *