गुडिरहेकाे जीपमा अचानक आगाे लाग्दा मित्रपार्कमा तनाव

काठमाडाैंकाे मित्रपार्कमा गुडिरहेकाे फाेर्ड प्लाटिनियम सिरिजकाे इकाेस्पाेर्ट जीपमा अचानक आगाे लाग्दा केही समय साे क्षेत्रमा भागाभाग भएकाे छ। घटना आइतबार साँझ सातबजेर पाँच मिनेटकाे हाे ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रदेश ३ ०१-२३च ५२०३ नम्बरकाे जीपमा आगाे लागेकाे हाे । प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले आगाे तत्काल नियन्त्रणमा आएकाे तथा जीपमा सवार चालक र यात्रु सकुशल रहेकाे पर्दाफासलाई बताए।

उनका अनुसार जीपकाे अगाडि इन्जिनकाे भागमा आगलागी भएकाे हाे । जीपमा आगाे लाग्नुकाे कारण खुलिसकेकाे छैन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर