रास्वपामा राजनीतिक परिस्थिति हेरेर निर्णय लिने अधिकार रवि लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान राजनीतिक परिस्थिति हेरेर निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ ।

सोमबार बिहान बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो ।

पार्टी उपसभापति डीपी अर्यालले आजको बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गरेको रातोपाटीलाई जानकारी दिए । बैठकमा सभापति लामिछानेले समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी बैठकलाई जानकारी गराएका थिए । बैठकमा यसै विषयमा केन्द्रित भएर छलफल भएको अर्यालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *