नेकपा एसलाई पनि सँगै लैजाने माओवादीको निर्णय

नेकपा माओवादीले एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा समेट्ने निर्णय गरेको छ । आज बिहान बसेको माओवादीको पदाधिकारी बैठकले नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई पनि नयाँ गठबन्धनमा राख्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै सचिव देवेन्द्र पौडेलले वामपन्थी एकताका लागि नेकपा एसलाई पनि समेट्ने निर्णय भएको बताए । वामपन्थी एकताको जनअपेक्षा रहेको भन्दै एसलाई बाहिर राख्नु नहुने वकालत पार्टीले गरेको हो ।

पौडेलले भने, ‘माधवजीलाई पनि र उहाँले नेतृत्व गरेको पार्टीलाई अहिलेको प्रकरणमा कन्भिन्स्ड गरेर सँगै लैजाने हामीले निर्णय गरेका छौँ ।’ एमालेले नेकपा एसलाई समेट्न मान्ला त भन्ने प्रश्नमा उनले भने, ‘वामपन्थी भनेपछि मान्नुप¥यो नि । इगो लिएर मात्र हुँदैन । हिजो इगोले हामीलाई कहाँ पु¥यायो सबैलाई थाहै छ । उहाँहरू (एमाले) को पनि भाषा र साइकोलोजी बुझेर हामीले निर्णय गरेको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर