म नमर्दासम्म देशमा उथलपुथल भइरहन्छः प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् ।

काठमाडौंमा शहिद प्रतिष्ठान नेपालले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै आफू जीवित रहुञ्जेलसम्म देशमा उथलपुथल भइरहने बताएका हुन् ।

‘म नमर्दासम्म देशमा उथलपुथल भई नै राख्छ, मलाई घेरा हालेर सिध्याउने धेरैचोटि कोसिसहरु भए प्रतिक्रियावादीबाट, त्यसलाई तोड्दै आएका छौं, तोड्दै जानेछौं । तर म साथीहरूलाई भन्न चाहन्छु, हामी सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुने बाटो खोजौं ।’

उनले अगाडि भने, ‘मलाई कतिपयले अनप्रेडिक्टेवल भन्छन् तर म श्रमिक,घाइते अपाङ्ग र नेपाल राष्ट्रप्रति प्रेडिक्टेवल नै छु । उनीहरूप्रति इमानदार हुने कुरामा त म जहिले पनि निरन्तर कायम छु । तर प्रतिक्रियावादीहरुले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्तले हानेर निस्कन सक्छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *