एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल मनोनीत

नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनीता बराल मनोनीत भएका छन् । उनीहरुलाई आज एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले मनोनीत गरेका हुन् ।

मकवानुपरबाट सांसदमा निर्वाचित बर्तौला यसअघि सचेतक थिए । प्रमुख सचेतक रहेका पदम गिरी सोमबार मन्त्री नियुक्त भएपछि उक्त पदमा बर्तौला आएका हुन् ।

दुवै नेता विद्यार्थी राजनीतिबाट उदाएका हुन् । बराल अनेरास्ववियुको पूर्वअध्यक्ष हुन् र बर्तौला उपाध्यक्षसम्म भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *