पावर प्ले र डेथ ओभरको बलिङमा सुधार गर्नुपर्ने देखियो : कप्तान रोहित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पावर प्ले र डेथ ओभरको बलिङमा सुधार गर्नुपर्ने आवश्यक औंल्याए ।
त्रिदेशीय ट्वान्टी–२० श्रृंखलाको फाइनलमा नेदरल्याण्ड्ससँग हार व्यहोरेपछि रोहितले करिब १५ रन जति लक्ष्य कम भएको उल्लेख गर्दै बलिङमा पनि कमजोरी देखिएको औंल्याए । यद्यपि, उनले आगामी विश्वकप अगाडि धेरै पक्षमा सुधार गर्ने विश्वास व्यक्त गरेका छन् । राम्रो शुरुवात पाए पनि लगातार विकेट पतनपछि दुई सय रन आसपासको लक्ष्य बनाउने योजना सफल नभएको कप्तान रोहितले बताए । उनले पछिल्ला खेलमा नामिबिया र डच टोलीबिरुद्ध हातमा आएको खेल नियन्त्रण लिएको प्रसंग कोट्याए ।

यद्यपि, फाइनलमा भने राम्रो मोमेन्टलाई जोगाउन नसकेको रोहितको धारणा थियो । ब्याटिङ गर्न राम्रो विकेट रहे पनि त्यसमा नेपाल चुकेको कप्तान रोहितले बताए । उनले डेथ ओभरमा बलिङ गर्न चुनौती रहने उल्लेख गरे । तीव्र गतिका बलर अविनाश बोहोराले डेथ ओभरमा राम्रो बलिङ गर्न सकेकनन् । तर रोहितले अविनाशले त्यो जिम्मेवारी पूरा गर्नसक्ने विश्वासमा टोली रहेको बताए । उनले करण केसी र अविनाशले आगामी दिनमा जिम्मेवारी लिएर आगामी खेलमा राम्रो बलिङ गर्ने विश्वास व्यक्त गरेका छन् । नेपालका प्रशिक्षक मोन्टी देसाईले ब्याटिङ गर्दा अन्तिम ओभरतिर आफ्नो टोली असफल भएको धारणा राखे ।

त्यस कारण पनि टोलीको लक्ष्यमा १५ रन जति कम भएको मोन्टीको भनाई थियो । दबाबमा बलिङ र ब्याटिङ गर्ने क्षमता कमि देखिएको प्रशिक्षक मोन्टीले औंल्याए । यद्यपि खेल्दै जाँदा त्यो पक्षमा सुधार आउने उनको विश्वास छ । उनले विश्वकप अगाडि धेरै पक्ष सुधार हुने आशा राखेका छन् । ट्वान्टी–२० विश्वकपका लागि समय रहेकाले त्यसअगाडि एक्सपेरिमेन्ट हुँदै जाने प्रशिक्षक मोन्टीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर