माओवादीद्वारा गण्डकी सरकारबाट समर्थन फिर्ता

माओवादी केन्द्रले गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी संसदीय दल गण्डकीको आज बिहान बसेको बैठकले प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

माओवादीको गण्डकी प्रदेशकी प्रमुख सचेतक कुसुम बुढाले समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाएको बताइन् । केन्द्रमा नयाँ सत्ता समीकरण फेरिएपछि माओवादीले समर्थन फिर्ता लिएको हो ।

गण्डकीमा कांग्रेसबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे छन् । उनले मंगलबार माओवादीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर