महासेठको नेतृत्वमा एमाले सरकारमा जाने, माओवादीका यी नेता मन्त्री बन्दै

एमाले रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । महासेठले नयाँ मन्त्रिमण्डलमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

गठबन्धनमा ७ वटा मन्त्रालय पाएको एमालेबाट पदम गिरी विनाविभागीय मन्त्री भइसकेका छन् । यस्तै, दामोदर भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री बन्ने भएका छन् ।
एमालेले पाउने अन्य मन्त्रालय भने टुंगो लगाउन बाँकी छ ।

माओवादी केन्द्रबाट अर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमन्त्री नारायणकाजीको नाम टुंगो लागेको छ । माओवादीले ५ वटा मन्त्रालय पाउने गठबन्धनले सहमति गरेको छ । माओवादीले अन्य नेता र पाउने मन्त्रालय टुंगो लाग्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर