कुन दलबाट को बन्दै छन् मन्त्री ? यस्तो छ मन्त्रालय भागबण्डा

नयाँ सत्ता गठबन्धनले दलहरुले पाउने मन्त्रालय र सिट संख्या करिब करिब टुंग्याएको छ । यस्तै सरकारमा सहभागी हुने दलहरुले पनि आफ्ना मन्त्रीहरुको नाममा सहमति गरेका छन् ।

नयाँ मन्त्रीहरुको आज बेलुका ५ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । एमाले, माओवादीले धेरैजसो पुरानै मन्त्रीलाई निरन्तरता दिएको छ ।

एमालेले ८, माओवादीले ५, रास्वपाले ४ मन्त्रालय पाएका छन् । जसपाले २ मन्त्रालय पाउने भनिए पनि उसले सरकारलाई आफ्नाबाट मन्त्री हुनेको नाम दिइसकेको छैन ।
दलहरुबाट मन्त्री र उनीहरुको मन्त्रालयको सूचीः

एमाले

–रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

–राजेन्द्रकुमार राई, खानेपानी

–पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला

–बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

–भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक

–दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति

–हरि उप्रेती, रक्षा

–ज्वालाकुमारी साह, कृषि

माओवादी

–नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

–वर्षमान पुन, अर्थ

–शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ

–रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि

–हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

रास्वपा

–रवि लामिछाने, उपप्रधान तथा गृह

–सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि

–विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

–डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *