विश्वकपको तयारी गर्न सरकारले क्यानलाई दियो ५ करोड

सरकारले टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ५ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपको तयारीका लागि सरकारले उक्त रकम विनियोजन गरेको क्यानले जनाएको छ ।

‘यस ऐतिहासिक कदमका लागि नेपाल सरकार सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंक लाल घिसिङज्यूप्रति नेपाल क्रिकेट संघ (क्यान) हार्दिक आभार व्यक्त गर्दछ,’ क्यानको आधिकारिक फेसबुक पेजमा उल्लेख छ ।

सरकारको योसहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर