राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लियाे

राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । अध्यक्ष चित्रबहादुर केसीले बिहीबार विज्ञप्ति जारी गर्दै नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् ।

विज्ञप्तिमा विगतको नेपाली कांग्रेससहितको गठबन्धन नेकपा एमालेले अपनाएको प्रतिगामी कदमविरुद्ध भएको उल्लेख गर्दै एमालेको नीतिमा अहिले पनि सुधार नभएको जनमोर्चाले ठहर गरेको छ ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकी ‘साम्राज्यवाद’को नीति लागू गर्न गठित पार्टी भएको आरोप लगाउँदै जनमोर्चाले सो पार्टीलाई सरकारमा सामेल गर्नुले देशको राष्ट्रियता झन् कमजोर बन्ने विज्ञप्तिमा दाबी गरिएको छ ।

जनमोर्चाले सहकारी ठगीमा अनुसन्धान चलिरहेका व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिनु प्रचण्डको लाचारीपन भएको आरोप लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *