प्रधानमन्त्रीले राजनीतिक इमान गुमाइसके : कांग्रेस

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक इमान गुमाएको आरोप लगाएका छन् ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्रीले गठबन्धन टुट्नुका कारणहरुमा सत्य डग्मगाएको अवस्था देखिएको बताए ।

सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने ? हो भन्दै उनले प्रश्नसमेत गरे । उनले संक्रमणकालीन न्यायको विधेयक कांग्रेसका कारण नरोकिएको पनि स्पष्ट पारे ।

‘संक्रमणकालीन न्यायको विधेयक कसले रोकेको हो ? नेपाली कांग्रेसले ? अनि तपाईंले यही कुरा लेखेर हस्ताक्षर गर्नुभयो भनेपछि नेपाली कांग्रेसप्रति न्याय गर्नुभयो । विश्वास, इमान गर्नुभयो र यो गठबन्धन निर्माण गर्नुपर्ने कुरा पुष्टि गर्नुभयो । यसका बारेमा कांग्रेसले प्रश्न सोध्न पाउँदैन । कसले रोक्यो ? इतिहासतिर फर्किएर हेरौँ । वर्तमान हेरौँ । भोलि पनि मिलेर जान सकिन्छ । सकिएला । तर सत्य डग्मगायो भने इमान हुँदैन ।’ उनले भने ।

उनले अगाडि भने, ‘त्यसकारण मेरो सम्माननीय नेता बेइमानी शब्दप्रति तपाईंहरुको ध्यान गम्भीर रुपले भएको छ, तर इमानको कुरा त कांग्रेसले गर्न पाउँछ नि । यति मेरो आग्रह हो । सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने ? संघीयता कार्यान्वयन सम्बन्धी बाँकी कानून निर्माण गर्न भनिएको छ । साथै सबै तहका सरकारलाई प्रभावकारी बनाउने भन्ने छ । त्यसो भए संघीयतासम्बन्धी कानून पनि १४ महिनामा बनेनन् । अनि गर्नु के भयो त ? यो सत्य पनि छ कतिपय कुराहरु । किनभने दुई वटा अधिवेशनमा केही मात्रै कानून पारित भएका छन् । कसले रोक्यो कांग्रेसले ?’

प्रमुख सचेतक लेखकले कांग्रेस जस्तौ धोका दिएका राजनीतिक दलहरु एक ठाउँमा आए नेकपा (माओवादी केन्द्र) के होला भन्ने हेक्का राख्न चेतावनी समेत दिए । उनले १४ महिनामा ३ पटक गठबन्धन फेरि सकिएको भन्दै उनले यही अनुपातमा ५ वर्षमा १३ पटक सत्ता गठबन्धन फेरिने बताए ।

उनले प्रधानमन्त्री दाहालले गठबन्धन फेरेर जनतासँग गरेका प्रतिवद्धताहरुमा माथि कुठाराघात गरेको आरोप लगाए । उनले केही मन्त्रीहरुको काँधमा कमजोरी थुपारेर आफ्नो कमजोरी लुक्छ भन्ने नसोच्न आग्रह गरे । प्रधानमन्त्री दाहालले यता र उताको कुरा गरेर गठबन्धन तोडेको कारण देखाउनु लज्जाजनक भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर