रेशम चौधरीलाई नागरिक उन्मुक्तिको अध्यक्षमा आयोगले दिएन मान्यता

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई मान्यता दिन अस्वीकार गरेको छ । बिहीबार बसेको आयोगको बैठकले पुरानै अध्यक्ष रञ्जिता श्रेष्ठलाई कायम गर्ने गरी निर्णय गरेको हो ।

आयोगका सहायक प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था भएअनुसारको योग्यता नपुगेकोलगायत कारणले चौधरीलाई मान्यता नदिएको पर्दाफासलाई जानकारी दिए ।

नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यसपछि चौधरीले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *