रास्वपा प्रश्न मात्रै होइन, समाधान खोज्न सरकारमा आएको होः सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बिग्रेको राजनीतिक परिस्थितिलाई राष्ट्रिय स्वतन्त्र पार्टीले हस्तक्षेप गरेर नयाँ गठबन्धन बनेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक परियारले बिग्रिएको राजनीतिक परिस्थितिलाई पार्टी सभापति रवि लामिछानेको पहलमा हस्तक्षेप गरिएको बताए । रास्वपाले नयाँ गठबन्धन बनाउन मुख्य भूमिका खेलेको दाबी गरे ।

पुराना पार्टीहरुले सदनमा प्रतिस्पर्धा र निर्वाचनमा सहकार्य गर्ने गरेका भन्दै आगामी दिनमा निर्वाचनमा प्रतिष्पर्धा र सदनमा सहकार्य गर्नुपर्ने बताए । उनले इलाम २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी एक्लै चुनावमा होमिने र जित्ने दाबी पनि गरे ।

उनले आफूहरु प्रश्न गर्ने मात्रै नभई समस्याको समाधान गर्न पनि सरकारमा सामेल भएको बताए । विगतमा नेपाल बनाउन सुरु नै नगरिएको जिकिर गर्दै उनले अब नेपाल बनाउने काम सुरु हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर