महाशिवरात्रीमा पाशुपत क्षेत्रमा वर्षा होला कि नहोला? यस्तो छ मौसम पूर्वानुमान महाशाखाको जानकारी

मौसम पूर्वानुमान महाशाखाले यसपटक महाशिवरात्रीमा वर्षा हुने सम्भावना अति न्यून रहेको जनाएको छ । काठमाडौंमा यसअघिका शिवरात्रीमा हल्का भएपनि वर्षा हुँदै आएको छ

महाशाखाका अनुसार यतिबेला देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। उसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि शनिबार कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर