हङकङसँग नेपाल ७३ रनले पराजित

हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल पराजित भएको छ ।

हङकङमा घरेलु टोलीले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल जम्मा १३९ रन बनाउँदा अलआउट भयो ।

नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाए । अरु ब्याटरले भने दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । हङकङका लागि बाबर हायतले सर्वाधिक ११० रन बनाए । अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन, ऐजज खानले २१ रन बनाए । कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा भने शूल्य रनमै आउट भए ।

नेपालका आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिए ।

त्रिकोणात्मक सिरिज खेल्न पुगेको नेपाली टोलीले हङ्कङ्सँग आज मैत्रीपूर्ण खेल खेलको हो ।

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर