वर्षाका कारण नेपाल र हङकङबीचको खेल रद्द

त्रिकोणात्मक श्रृंखलाअन्तर्गत आज सुरु भएको नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ । हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे सुरु भएको खेल वर्षा भएपछि रद्द भएको हो ।

टस हारेर नेपालले पहिले बलिङ थालेको थियो । ८ ओभरसम्म हङकङले २ विकेटको क्षतिमा ६५ रन बनाएको थियो । त्यसपछि वर्षा हुँदा खेल हुन नसकेको हो, जसका कारण दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

नेपालले सोमबार पपुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ । आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

यसअघि शनिबार हङकङसँगको मैत्रिपूर्ण टी–२० आई क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *