कांग्रेसबाट राष्ट्रियसभा अध्यक्ष उम्मेदवार युवराज शर्मा

नेपाली कांग्रेसले राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ ।

आइतबार बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले राष्ट्रियसभा चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । उनीहरुबीच माओवादी केन्द्रको उम्मेदवारलाई समर्थन गर्ने सहमति छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर