एमालेद्वारा संसदीय दलको बैठक आह्वान

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार संसदीय दलको बैठक सोमबार दिउँसो ३ बजे संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् । त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।

यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । साथै, प्रधानमन्त्रीलाई विश्वासको मत नदिन पार्टीका सांसदहरूलाई ह्विप जारी गरिसकेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर