प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्विप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

विश्वासको मतबारे निर्णय गर्न सिंहदरबारस्थित  संसदीय दलको कार्यालयमा बैठक बसेको थियो ।

चार मन्त्रालयका साथ सरकारमा सहभागी भएको रास्वपाका २१ सांसद रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर