पार्टीका सांसदलाई ओलीको निर्देशनः सरकारको आलोचना नगर्नू

सत्तारुढ प्रमुख घटक एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

मंगलबार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सरकारको बारेमा कुनै आलोचना गर्नुप¥यो भने पार्टीको अनुमति लिएर मात्रै गर्न सकिनेतर्फ पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए । अध्यक्ष ओलीले तराईमा डोरीलाई कहिलेकहिले सर्प भनेर झुक्किने गरेको दृष्टान्त पेश गर्दै त्यसैगरी सरकारबारे जथाभावी बोल्दाखेरी राम्रो नहुने बताए ।

कुनै पनि मन्त्रालयको काम सन्तोषजनक भएन भने छलफल गरेर त्यसलाई सन्तोषजनक, प्रशंसायोग्य बनाउने कुरामा पार्टीले योगदान दिने कार्य योजना समेत रहेको उनले बताए ।

‘कुनै पनि मन्त्रालयको काम सन्तोषजनक भएन भने हामी छलफल गर्नसक्छौ । त्यसलाई सन्तोषजनक बनाउने, त्यसलाई प्रशंशायोग्य बनाउने कुरामा हाम्रो योगदान हुन्छ । यदि कसैले त्यो बनाउन चाहेन भने त्यस सम्बन्धमा फरक ढंगले ट्रिटमेन्ट खोज्नुपर्ने हुनसक्छ । त्यो म साथीहरुलाई आग्रह गर्न चाहन्छु,’ उनले भने ।

अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउने काममा पहलकदमी गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गरेकाले त्यसलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको पनि दोहो¥याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर