नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष दाहालले गरे पदभार ग्रहण

नवनिर्वाचित राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पदभार सम्हालेका छन् । अध्यक्षमा निर्वाचित भएलगत्तै शपथग्रहणपछि पदभार ग्रहण गरेका हुन् ।

मंगलबार भएको मतदानमा दाहाल कांग्रेसका तर्फबाट उम्मेदवार बनेका युवराज शर्मालाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका थिए ।

शीतल निवासमा एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथलगत्तै राष्ट्रियसभा अध्यक्षको पदभार सम्हाल्नुअघि उनले सहिद स्मारक लैनचौर पुगेर माल्यार्पण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *