रोमानियाका राष्ट्रपतिद्वारा नाटो प्रमुख पदमा उम्मेदवारी घोषणा

रोमानियाका राष्ट्रपति क्लाउस इओहानिसले मङ्गलबार नाटोको प्रमुखका रूपमा जेन्स स्टोल्टनबर्गको स्थान लिन आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । साथै उनले गठबन्धनका लागि महत्त्वपूर्ण समयमा ‘परिप्रेक्ष्यको नवीकरण’ को वाचा गरेको छ ।

पछिल्लो दुई वर्षदेखि पश्चिमी रक्षा गठबन्धनले युक्रेनमा रुसको आक्रमणसामु चुनौतीपूर्ण सुरक्षा वातावरणको सामना गरेको छ । युक्रेनको सीमासँग जोडिएको रोमानियाका राष्ट्रपति इओहानिसले पत्रकारहरूसँग भने् मैले नाटो महासचिव पदका लागि प्रतिस्पर्धामा सामेल हुने निर्णय गरेको छु । अमेरिका, बेलायत र जर्मनीले आफ्नो सम्भावित उम्मेदवारीमा समर्थन व्यक्त गरेपछि डच प्रधानमन्त्री मार्क रुट्टेलाई गठबन्धनको नेतृत्व गर्ने र स्टोल्टनबर्गको स्थान लिनका लागि सबैभन्दा अग्रणी मानिन्छ । यद्यपि हङ्गेरीले रुट्टेलाई समर्थन नगर्ने बताएको छ । रुट्टेले यसअघि हङ्गेरी सरकारको आलोचना गरेका छन् ।

एक दशकसम्म नाटोको निरीक्षण गर्ने नर्वेका पूर्वप्रधानमन्त्री स्टोल्टनबर्गको उत्तराधिकारीको घोषणा वासिङ्टनमा जुलाई शिखर सम्मेलनभन्दा अघि हुने अपेक्षा गरिएको छ । वर्तमान सुरक्षा सन्दर्भलाई ध्यानमा राख्दै हाम्रो मुलुकले युरो–अटलान्टिक नेतृत्वभित्र अझ ठूलो जिम्मेबारी सम्हाल्ने समय हो भन्ने मलाई लागेको छ, एक विज्ञप्तिमा इओहानिसले भने । उनले नाटोलाई पनि आफ्नो मिसनमा परिप्रेक्षको नवीकरणको आवश्यकता रहेको बताए । नाटोको नियमअनुसार एउटा उम्मेदवारमाथि आम सहमति नबनेसम्म कुनै पनि निर्णयको पुष्टि हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर