फाइनलमा पीएनजीको १७२ रनको लक्ष्य पछ्याउँदै नेपाल

हङकङमा जारी त्रिकोणात्मक टी–२० शृंखलाको फाइनलमा पपुवा न्यू गिनीले नेपालले १ सय ७२ रनको लक्ष्य दिएको थियो । पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन जोेडेको हो ।

पीएनजीका लागि टोनी उरा ६१, एलेई नाओले ३०, हिला भारेले १८ रन प्रहार गरे । नेपालका लागि आकाश चन्दले ३, कुशल भुर्तेलले ३, करण केसी र गुल्सन झाले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ थालेको नेपालले आफ्ना दुवै ओपनर कुशल भुर्तेल र बिनोद भण्डारीलाई गुमाएको छ । कप्तान रोहित पौडेल र गुल्सन झा क्रिजमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *