फेरि फाइनलमा चुक्यो नेपाल, पिएनजीसँग ८६ रनले पराजित

हङकङमा आयोजित त्रिकोणात्मक टी–२० शृंखलाको फाइनलमा नेपाल पिएनजीसँग पराजित भएको छ । नेपाल ८६ रनले पराजित भएको हो ।

पपुवा न्यू गिनीले नेपालले १ सय ७२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १६ दशमलव ३ ओभरमा अल आउट हुँदै ८५ रन मात्र बनाउन सक्यो । यसअघि नेपालमै भएको त्रिकोणात्मक टि–२० सिरिजको फाइनलमा पनि नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

नेपालका लागि केवल ३ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाए । नेपालका दुवै ओपनर सस्तैमा आउट भए । कुशल भुर्तेल ५ र विनोद भण्डारी ४ रन बनाए आउट भएका थिए ।

यस्तै, कप्तान रोहित पौडेल १२, गुल्सन झा ६, आरिफ शेख १५, सन्दीप जोरा १७ र विवेक यादव १ रन बनाएर आउट भएका थिए । लोकेश बमले ६ र करण केसीले ३ बनाए । प्रतीश जिसी शून्यमा नै आउट भए भने आकाश चन्द शून्य रनमा नट आउट रहे ।

पीएनजीका लागि कबुआ मोरेयाले २, चाड सोपरले २ र सेसे बाउले २ विकेट लिए ।

सुरुवातमा ब्याटिङ गरेको पिएनजीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७१ रन जोेडेको थियो । पीएनजीका लागि टोनी उरा ६१, एलेई नाओले ३०, हिला भारेले १८ रन प्रहार गरे । नेपालका लागि आकाश चन्दले ३, कुशल भुर्तेलले ३, करण केसी र गुल्सन झाले १–१ विकेट लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *