कांग्रेस र एमालेलाई प्रधानमन्त्रीको चुनौतीः सहकार्य गर्नुस्, प्रचण्ड डराउँदैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरुलाई मिलेमा आफूहरु प्रतिपक्षमा बसेर राष्ट्रियता सुदृढीकरणमा लडिरहने बताएका छन् ।

प्रतिनिधिसभाको आजका बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै ठूला दलहरु मिल्दैमा आफूहरु नडराउने बताए ।

‘ठूला दलहरु हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो, आज पनि भनियो । मेरो त कामना छ, तपाईँहरु मिल्नुस् । तपाईँहरु सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा संविधानको पक्षमा, राष्ट्रियता सुदृढीकरणको पक्षमा लडिरहन्छ, तपाईंहरूलाई लागेको छ प्रचण्ड डराउँछ त्यसो भनेर ?’ उनले भने ।

विगतमा सबै मिलेर ‘टाउको काट्न खोजेको’ बताउँदै प्रधानमन्त्री दाहालले भने, ‘डराउँछ माओवादी केन्द्र भन्ने ठान्नु भएको छ ? त्यस्तो हुँदैन । सक्नुहुन्छ मिल्नुस् ।’ उनले सरकार सञ्चालनलाई प्रभावकारी बनाउन गठबन्धन परिर्वतन गर्नुपरेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *