प्रधानमन्त्री अस्थिरताको पक्षमा हुनुहुन्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिएर अस्थिरता देखाएको बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले प्रधानमन्त्री अस्थिर भएको बताएका हुन् । उनले एक वर्षमा तीन पटक विश्वासको मत लिएर प्रधानमन्त्री अस्थिरताको पक्षपाती भएको बताए ।

सांसद पौडेलले गठबन्धनहरु प्रधानमन्त्रीको कारण नभई अरुको कारणले टुट्नुपर्ने भएपनि नेपालमा भने प्रधानमन्त्रीकै कारण गठबन्धनहरु टुट्ने गरेको बताए । उनले वर्तमान सत्तारुढ गठबन्धन पनि धेरै समय स्थिर नहुने बताए । उनले यस प्रकारले सरकार बन्ने र भत्किने प्रक्रियाले देशलाई स्थिरता नदिने बताए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यूले एक वर्षभित्र तेस्रो पटक विश्वासको मत लिनुभएको छ । एक वर्षमै तीन पटक विश्वासको मत लिनुपर्ने भएपछि प्रधानमन्त्री नै स्थिर भएको देखिएन । अस्थिरताको पक्षपाती नै प्रधानमन्त्री हुनुभएको जस्तो देखिएको छ । र गठबन्धनको नेतृत्व गर्ने सन्दर्भमा प्रधानमन्त्री सफल देखिनु भएको छैन ।’

सांसद पौडेलले वर्तमान गठबन्धनको नेतृत्व इमान्दारीपूर्वक गरेर आफूलाई टिकाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर