नेपाल बैंकमा नक्कली सुन धितो राखेर ४ करोड ऋण लिने साह पक्राउ

नक्कली सुन धितो राखेर बैंकबाट चार करोड ऋण लिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका–८ घर भई काठमाडौंको बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साह छन् ।

साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बौद्धस्थित हायात होटलबाट पक्राउ गरेको मंगलबार पक्राउ गरी सार्वजनिक गरेको हो । उनी ऋण नतिरी फरार भएका थिए ।

साहले नक्कली सुन धितो राखेर नेपाल बैंक लिमिटेडबाट ४ करोड १४ लाख ८४ हजार रूपैयाँ ऋण लिएको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले बताए । उच्च अदालत विराटनगरले उनीविरुद्ध ९८ लाख ८५ हजार ५६४ रूपैयाँ बिगो र तीन वर्ष कैद फैसला सुनाएको थियो ।

यस्तै, अमेरिका लैजान्छु भनेर साहले युवायुवतीलाई ठगी गर्ने गरेको पनि पाइएको प्रहरीले जनाएको छ । युवायुवतीलाई प्रभावमा पार्न उनले रवाफपूर्ण जीवनशैली देखाउने, अमेरिकाको सबै ठाउँ घुमेको बताउने र कोटा थोरै भएकाले पहिले जो आउँछ त्यसलाई अमेरिका लैजाने भन्दै कैयौंबाट रकम ठगी गरेको पहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *