हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरबाट शुरु गर्नुपर्छ : ज्ञानबहादुर शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरबाट शुरु गर्न माग गरेका छन् ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा भाग लिँदै उनले यस्तो माग गरेका हुन् । उनले असारमा आर्थिक वर्ष राख्दा विकास निर्माणका नाममा पठाइएको बजेट खर्च नहुने भएकाले कार्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष बन्नुपर्ने बताए । उनले कार्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष भएमात्रै बजेट खर्च गर्न सकिने स्थिति रहेको जिकिर गरे ।

उनले भने, ‘म जुम्लाको जुम्ली हो । हिउँ पर्छ जुम्लामा अहिले पनि । जब विकास निर्माणको काम मंसिरबाट शुरु हुन्छ, मंसिर र कार्तिकबाट शुरु हुँदा हाम्रो जुम्लामा हिउँ परेर बस्न हुँदैन । अस्ति भर्खर हिउँ परेको छ । असारसम्म जाँदा बजेट खर्च गर्न पाइँदैन, जति पैसा हालेको भएपनि त्यो खर्च हुन सक्दैन । अब आउने बजेटमा सिंगो नेपालको तराई र पहाड भएको आर्थिक वर्ष असार महिनामा हुन्छ भने हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरमा गर्नुप¥यो । त्यो भए हामीले खर्च गरेको बजेट चलाउन सक्छौँ । यो कुरा अर्थमन्त्रीले गर्नुहुन्छ भन्ने म धारणा राख्न चाहन्छु ।’

उहाँले प्रदेश संरचना खारेज गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *