सरकारले अर्थतन्त्रको वस्तुगत धरातलमा आधारित भएर बजेट ल्याउनुपर्छ : उपभापति डा.वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैंठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै उपसभापति वाग्लले यस्तो सुझाव दिएका हुन् । उनले पछिल्लो समय मुलुकको सार्वजनिक वित्तमा संकट देखिएको भन्दै त्यो विषयमा सरकार गम्भिर हुन आवश्यक रहेको बताउनु भयो । डा. वाग्लले चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनिय रहेको बताए । उनले चालु आर्थिक वर्षको ८ महिना ८ खर्ब खर्च रहेको भन्दै चालु खर्च ५ खर्ब ८२ अर्ब, पुँजीगत खर्च ८१ अर्ब र वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब रहेको बताए । उनले राजश्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको भन्दै लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको बताए ।

उनले निःवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महत ८ महिनामा बजेट कार्यान्वयन गर्न नसक्ने असफल अर्थमन्त्रीका रुपमा प्रश्तुत भएको दाबी गर्नुभयो । उहाँले गत वर्ष आफूले अर्थमन्त्रीलाई भनेका कुराहरु सत्य सावित भएको बताए । उनले सरकारको सार्वजनिक वित्तको अवस्था खराब भएकाले सुधारको लागि गम्भिर हुन आवश्यक रहेको बताए । उनले आगमी बजेटमा सरकारले विकासलाई स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्ने बताए। उहाँले बजेटको सिद्धान्त र प्राथमिकता प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको टिप्पणी गरे ।

उनले भने,‘चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनिय छ । १७ खर्ब ५१ अर्बको बजेटलाई अर्धवार्षिक समिक्षामा २ खर्ब घटाएर १५ खर्ब ३० करोडमा ल्याउनु भयो । खर्च हेर्दा ८ खर्ब खर्च गरेका छौं । चालु खर्च ५ खर्ब ८२ अर्ब र पुँजीगत खर्च ८१ अर्ब छ । वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब जति छ । राजश्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ छ । हिजोसम्मको ग्याप नै १ खर्ब ६० अर्बको छ । अर्थतन्त्र भयावह छ । कुनै हालतमा सफल हुँदैन भन्दा सकिन्छ गर्छु भन्नु भएको थियो । असफल बजेटको सर्जक निर्वमान अर्थमन्त्री हुनुहुन्न । उहाँलाई उत्तरदायी बनाउन सकिएन । गत वर्ष भनेका कुराहरु सत्य सावित भएका छन् । सरकारको सार्वजनिक वित्तको अवस्था अत्यन्तै खराब छ । आगामी वर्षको बजेट निर्माण गर्दा पनि यथार्थ धरातललाई हेरेर निर्मम हुन उत्प्रेरित गर्छ । अहिले रहेको सार्वजनिक वित्तको संकटलाई हेरेर सरकार गम्भिर हुनुपर्छ । विकासको भिजन र गन्तव्य तय हुनुपर्छ । अर्थतन्त्रका संरचनामा आएका हलचलहरुलाई स्वीकार गरौं ।’

उनले दिगो विकासका लक्ष्यसहित मुलुक निर्माणको स्पष्ट गन्तव्य तर्जुमा हुनुपर्ने बताए । उनले औद्योगिकीकरण र हरित अर्थतन्त्रमा ध्यान दिँदै अर्थतन्त्रमा सुधारका लागि आँट र अठोट सरकारसँग हुनुपर्ने बताए । उनले बजेटको सिद्धान्त र प्राथमिकतालाई पुनःलेखन नगर्दा पनि हुने भन्दै नीति तथा कार्यक्रम र बजेट वास्तविक धरातलका आधारमा ल्याउन सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *