गठबन्धन कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्रीलाई बुझायो

सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएका छन् ।

सत्ता गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएको हो ।

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ एवं नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल सदस्य छन् ।

कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर सत्ता गठबन्धनका शीर्ष नेताहरु प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली, नेकपा एसका अध्यक्ष माधव नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवलाई कार्यक्रम बुझाइएको हो ।

कार्यदल संयोजक एवं एमाले उपाध्यक्ष पौडेलले साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम मानिसहरूमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकतामा राखेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *