४० लाखसहित हुण्डी कारोबारमा संलग्न ४ जना पक्राउ

प्रहरीले हुण्डी कारोबारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुमार कामी, अस्कर जोशी, दिपेश भन्ने डोन शाही र कल्पना मगर छन् ।

उनीहरु काठमाडौंको चाबहिलबाट पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ४० लाख रुपैयाँ पनि बरामद गरेको छ ।

उनीहरुले काठमाडौं उपत्यकाभित्र हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । थप कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी परिसर टेकु पठाइएको जानकारी प्रहरीले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर