मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने ३ जना सार्वजनिक

मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान र २० वर्षीय चन्द्रभानसिंह भनिने चुनुकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

उनीहरूले शुक्रबार दिउँसो परोहा नगरपालिका–९ स्थित वीरेन्द्र साहका २६ वर्षीय छोरा नितेश साहमाथि गोली प्रहार गरेका थिए । शिवमनी ट्रान्सफर कार्यालयमा कारोबार गरिरहेको अवस्थामा बिआर०६सिएल ९७९६ नम्बरको भारतीय मोटरसाइकलमा आएका उनीहरूले साहमाथि गोली प्रहार गरेका थिए ।

गोली प्रहार गरी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने आठ एमएमको गोली एक थान, सात दशमलव ६२ एमएमको अर्धस्वचालित पेस्तोल एक थान, त्यसैको म्याग्जिन एक थान र पाँच राउण्ड गोली बरामद भएको छ ।

उनीहरुमाथि ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना र चोरी तथा डाँकासम्बन्धी कसुरअन्तर्गतको मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिए ।

गोली लागी घाइते भएका साहलाई प्रादेशिक अस्पताल गौरमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्ज पठाइएको थियो । उनको आँखामा समस्या देखिएपछि आज तिलगङ्गा आँखा अस्पताल काठमाडौँमा ‘रेफर’ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

One thought on “मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने ३ जना सार्वजनिक

  1. हाम्रो कानुन मै धेरैनै त्रुटीहरु छन त अपराधी हरुले तेस्को फाईदा उठाईरहेका यो ज्वलन्त उदारहण हो।
    देश भित्र, साधारण र सोझा नागरिक हरु कानुनी दाउपेच मा नराम्ररी फसेका दिनहु देखिन्छ्न तर येस्ता अपराधीहरु त्यो पनि आर्को देशबाट हाम्रो कानुन को खिल्ली उडायेर हाकाहाकी येस्तो डकैती गर्दा पनि तेस्ता लाई जनसमुदाय को कोप बाट बचायेर भोलि तेतातर्फ कै प्रेसरमा वा खेलमा छोडन पर्ने अबस्था जानी जानी भैईरहेको छ।
    देखियेको टिभीको दृश्यमा ती अपराधी हरुलाई तिनिहरु सङ्ग रहेको हतियार देख्दा देख्दै आफ्नो ज्यान को समेत परबाहा नराखेर स्थानीय बहादुर जनताहरुले लखेटेर कब्जामा लिदैं तेहिको सडक मा तिनीहरु को प्राण बिसर्जन गर्न तत्परता देखाये पनि सकेनन। तर अब तेस्तो गल्ती नहोश, अपराधी हरुलाई सिमापारी आयेर तेस्तो कुकृत्य गर्न हजारौं पटक सोच्न परोश!! जय मात्रीभुमी!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर