बाबुरामले बोलाए आकस्मिक कार्यकारिणी समितिको बैठक

बाबुराम भट्टराइ नेतृत्वको नेपाल समाजवादी पार्टीको आकस्मिक केन्द्रीय कार्यकारिणीका बैठक आज बस्दैँछ । महेन्द्रराय यादव र गंगानारायण श्रेष्ठलगायतका नेता नेकपा माओवादी केन्द्रमा समाहित हुने घोषणा गरे लगत्तै अध्यक्ष भट्टराइले आकस्मिक रूपमा सो बैठक बोलाएका हुन । आज कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक बोलाइएको नेसपाले जनाएको छ ।

महेन्द्रराय यादव पक्षधर नेताहरुले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने हिजो सहमति गरेका थिए । मुलतः कार्यकारिणी समितिको बैठकमा सोही विषयमा छलफल हुने जनाएको छ ।

शनिवार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहालको उपस्थितितमा नेसपाका यादव र श्रेष्ठलगायतले ४ बुदेँ सहमति गर्दै पार्टी एकता गर्ने जानकारी गराएका थिए ।

अध्यक्ष भट्टराइले यादव र श्रेष्ठले गरेको सो सहमतिमा पार्टीको कुनै पनि निर्णय बिना भएको भन्दै आजको बैठकबाट दुबैजनालाइ कारबाही गर्ने बुझिएको छ । पार्टी अध्यक्षलाइ नै बाइपास गरेर एकता गर्ने सहमति गरे पछि भट्टराइ क्रुध रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर