सीआईबीले बुझ्यो सुन तस्करी छानबिनसम्बन्धी प्रतिवेदन

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन आज बुझेको छ । सीआईबीका एआईजी श्यामलाल ज्ञवालीले गृह मन्त्रालयमा प्रतिवेदन बुझेको हो ।

विमानस्थलको भन्सार विभिन्न समयमा भएका सुन तस्करीबारे पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगले प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदन अध्ययन तथा अनुसन्धानपछि कारबाही प्रक्रिया थालिने सीआईबीले जनाएको छ ।

आयोगले गत चैत १ मा गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर