शिवपुरी जंगलमा युवतीको हत्या प्रकरणमा एक पक्राउ

शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा गाडिएको अवस्थामा युवतीको शव फेला प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–३ का २१ वर्षीय रूपेन्द्र लामा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ तारेभीरमाथिको निकुञ्जको जंगलमा गत फागुन २५ मा १८ वर्षीया सुष्मा लामाको शव फेला परेको थियो । स्थानीयले शरीरको भाग गाडिएको र हात मात्रै देखिएको अवस्थामा शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शव सुष्माको भएको खुलेको थियो ।

प्रहरीका अनुसार माघ २२ गते कलेज जान भनी निस्किएकी लामा सम्पर्कमा आइनन् । माघ २३ मा फेसबुकमा विवाह गरेको फोटो पोष्ट गरिन् र आफू ३ दिनमा आउँछु भनेर उल्लेख गरिन् । परिवारले माघ २५ मा प्रहरी वृत्त बौद्धमा मानिस हराएको भनेर रिपोर्ट गरेसँगै प्रहरीले खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो ।

एक महिनापछि फागुन २४ गते साँझ हातमात्र देखिएको अवस्थामा तारेभिरमै शव गाडिएको अवस्थामा फेला परेको र २५ गते उत्खनन भएको जनाइएको छ । हात पेटीले कसेको र घाँटीमा टाईले कसेको अर्ध सडे गलेको अवस्थामा रहेको शव आमाले सनाखत गरेकी थिइन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार रुपेन्द्रले सुष्मासँग एकतर्फी प्रेम दिएको बयान दिएका छन् ।  हत्या आरोपी लामाले सुस्मालाई ८ महिनादेखि एकोहोरो मन पराएको र पटक–पटक प्रेम प्रस्ताव राख्दा पनि स्वीकार नगरिएपछि हत्या गरेको स्वीकार गरेको बयान दिएको प्रहरी अधिकारीले बताएका छन् ।

आरोपीको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताव कापी समेत बरामद भएको छ । थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर