व्यवस्था बलियो बनाउन कांग्रेस र एमाले मिल्नुपर्छः सांसद पाण्डे

कांग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले कांग्रेस र नेकपा एमाले नयाँ सरकार बनाउने कोणबाट नभई व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन एक हुनुपर्ने बताएका छन् ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कांग्रेस र एमाले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने कोणबाट नभई देशमा आएका संकटको समाधानका लागि मिल्नुपर्ने बताएका हुन् ।

अहिले व्यवस्था र संविधानमाथि प्रश्न उठ्न थालिरहेको र व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेको भन्दै यसलाई अझ बलियो बनाउनका लागि एकजुट हुन जरुरी रहेको उनको भनाइ थियो । कांग्रेस र एमाले यस व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेको उनले बताए ।

‘कांग्रेस र एमाले भनेको ०४६ साल पछिका दुई मूल शक्तिहरु हुन् । एक प्रकारले यो व्यवस्थाका संस्थापक नै हुन् । हाम्रो मेलमिलाप संस्था बनाउन र भत्काउन भन्दा पनि व्यवस्था बलियो बनाउन हुन्छ भने त्यो सकारात्मक कुरा हो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *