स्वतन्त्र सांसदको हैसियत दिन सांसद दीपक मनाङेले दिए निवेदन

स्वतन्त्र सांसद जितेपछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) ले पुनः स्वतन्त्र सांसदको हैसियत दिन गण्डकी प्रदेश सभा सचिवालयमा निवेदन दिएका छन् ।

मनाङेले विनाकारण र अनायासै केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै आइतबार प्रदेश सभा सचिवालयमा दलीय आबद्धता त्यागबारे निवेदन दर्ता गराएका हुन् ।

‘स्वतन्त्र रूपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेश सभा सचिवलाई निवेदन पेश गर्दछु’, उनले निवेदनमा लेखेका छन् । प्रदेश सभा सचिवालयले निवेदनबारे छलफल भइरहेको बताएको छ ।

मनाङे २०७९ मंसिरमा भएको निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र रूपमा निर्वाचित भएका थिए । पछि नेकपा एस प्रवेश गरेका मनाङेलाई प्रदेशसभाको अभिलेख सच्याइएको थियो ।

प्रकाशित समय : १९:१२ बजे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *