काठमाडौंको चपलीमा जलेर एकजनाको मृत्यु

काठमाडौंको चपलीमा गएराती भएको आगलागीमा जलेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बूढानिलकण्ठ नगरपालिका -४ स्थित पक्की टहरामा आगलागी भएको हो । घ

टनामा टहरामा बस्ने वर्ष ३५ का राजु भण्डारीको जलेर घटनास्थलमै मृत्यु भएको हो । उनकाे शव पाेष्टमार्टमका लागि महाराजगञ्ज अस्पतालमा राखिएकाे छ ।

उपत्यका प्रहरी कार्यालय र वृत्त महाराजगञ्जको टोली घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा सोमबार बिहान २ बजे आगो नियन्त्रणमा आएको थियो । प्रहरीले घटनाका विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर